Categories: समाचार

‘राजा’ चुन्न ११ औं संस्करणको लिगलिगे दौड प्रतियोगिता हुँदै

असोज १३, गोरखा । ११ औं संस्करणको लिग लिगे दौड कार्तिक १ गते देखि हुने भएको छ । लिलिकोट विकास अभियानले चेपेघाट देखि लिगलिगकोट कालिकामन्दिर सम्म (१३.८) किलोमिटर दुरीमा दौड प्रतियोगिता गरेर पहिलो हुनेलाई राजा घोषणा गर्दै आएको छ।

नेपाल एकीकरणको बेला यहाँ रहेको बाईसे, चौबिसे राज्य आफ्नै तरिकाले संचालन हुन्थ्यो। ती साना राज्य मध्ये लिगलिगकोट छुट्टै पहिचान बनाउन सफल थियो। लिगलिगकोट विकास अभियानका अध्यक्ष संजीब राना मगरले शनिबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भने ‘दौडेर पहिलो हुनेलाई राजा बनाईन्थ्यो।’ विसं १६०४ देखि सुरु भएको लिगलिग दौडलाई अहिले पनि निरन्तरता दिइएको उनले बताए। ‘पहिले राजा छान्न गरिन्थ्यो, अहिले पर्यटक भित्र्याउन र यहाँको संस्कृतीको जगेर्ना सँगै खेलाडी, खेलको विकास गर्न दौड गर्दै आएका छौँ।’

लिगलिगे दौड प्रतियोगिता १३.८ किमिको हुनेछ । दौड पालुङटार नगरपालिका–५, गोरखा स्थित चेपे दोभानबाट सुरु हुने दौड लिगलिगकोट कालिकामन्दिर, पालुङटार नगरपालिका–२, गोरखामा आएर टुंगिने छ । प्रतियोगितालाई तीन विधामा Open-Men Elite, Open-Local Men (700 Liglig) र School Run गरि संचालन गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार Open-Men Elite विधामा नेपाल तथा अन्य देशका सबै पुरुष नागरिकले सहभागी हुन पाउने छ । Open-Local Men (700 Liglig) विधामा साबिक आँपपिपल, पालुङटार, खोप्लाङ, छोप्राक र हर्मी गा.वि.स.को स्थायी बसोबास भएका पुरुषले मात्र सहभागी हुन पाउने छ । सेना तथा प्रहरीमा कार्यरत साबिक ५ गा.वि.स.का स्थानीय नागरिक भए Open-Local Men (700 Liglig) मा नभई Open-Men Elite विधामा भागलिनु पर्नेछ । र School Run विधामा स्कूल पढ्दै गरेका १८ वर्ष भन्दा कम उमेरका छात्र(Boy)ले मात्र सहभागी हुनपाउने छ ।

प्रतियोगिताको विजेताले एक लाख नगद सहित २०८० को सद्भावना “लिगलिगे वाङ” घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष संजीब राना मगरले बताए । दोस्रो हुनेलाई ५० हजार , तेस्रो हुनेलाई २५ हजार चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार नगद पुरस्कार दिईने छ। यस्तै Open-Local Men (700 Liglig) विधा तर्फ स्थानियहरुका लागि दौडमा पहिलो हुनेलाई २० हजार, दोस्रो १५ हजार, तेस्रो १० हजार, चौथो ५ हजार र पाँचौ ३ हजार नगद पुरस्कार तोकिएको छ। १८ वर्ष भित्रका पढ्दै गरेका छात्र बालवालिका सहभागी हुन पाउने उक्त दौडमा बिजेताले नगद १५ हजार, दोसो हुनेलाई १० हजार, तेस्रो हुनेलाई ७ हजार, चौथो हुनेलाई ५ हजार र पाँचौ हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यी सबै विधामा बिजयीहुनेलाई नगद सँगै मेडल र ट्रफि प्रदान गरिने अध्यक्ष संजीब राना मगरले जानकारी दिए।

प्रतियोगिताको लागि करव १५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो चौध वर्षयता हुँदै आएको छ ।

लिग लिगे दौडका अहिलेसम्मको विजेताहरु

भुमिराज राई (इलाम, २०६७)

हरि कुमार रिमाल (धादिङ, २०६८)

समिर तामाङ (रामेछाप, २०६९)

कृष्ण बहादुर बस्नेत (रामेछाप, २०७०)

अनिष थापामगर (पर्वत, २०७१)

हरि कुमार रिमाल (धादिङ, २०७२)

अनिष थापामगर (पर्वत, २०७३)

खगेन्द्र बहादुर भाट डोटी, २०७४)

अनिष थापामगर (पर्वत, २०७५)

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago