शिक्षा

तपाईँका छोराछोरी अनलाइनमा अश्लील सामग्री हेर्दै त छैनन्? यसरी गर्न सकिन्छ नियन्त्रण

इन्टरनेट तथा सूचना प्रविधिको प्रयोग बढिरहँदा अभिभावकका लागि ‘डिजिटल सेफ्टी’ एक चुनौती बनिरहेको छ । इन्टरनेटमा पाइने अश्लील सामग्री, विभिन्न स्क्याम लगायतका कारण अभिभावक आफ्नो बच्चालाई डिजिटल डिभाइस दिन डराएका छन् । हुन त नेपालमा सरकारले अश्लील कन्टेन्ट प्रतिबन्धित छ । तर डिजिटल दुनियाँमा यस्ता सामग्री पूर्ण रुपमा रोक्न असम्भव जस्तै बनेको छ ।

अभिभावकले बालबालिकासँगै बसेर पूरै दिन उनीहरूको गतिविधिलाई हेर्न वा नियन्त्रण गर्न सक्दैनन् । फलस्वरुप बालबालिकाहरु अनलाइनमा ठगिने, साइबर क्राइममा फस्ने लगायतका जोखिममा पर्न सक्छन् । तर अभिभावकहरुले केही कुरामा ध्यान दिने हो यो जोखिमलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

प्यारेन्टल कन्ट्रोल
मोबाइल तथा ल्यापटपमा हुने यो फिचरबाट बालबालिकाहरूलाई अश्लील सामग्री वा निषेधित सामग्रीको पहुँचबाट रोक्न सकिन्छ । विन्डोज, म्याक जस्ता अपरेटिङ सिस्टमसमेत रहेको यो फिचरको प्रयोगबाट अभिभावकले वेबसाइट बन्द गर्ने, स्क्रिन टाइमको सीमा निर्धारण गर्ने, अनावश्यक सामग्रीमा रोक्ने जस्ता काम गर्छन् ।

ब्राउजर एक्सटेन्सन
प्रायः हरेक ब्राउजरबाट प्रयोगकर्ताले वेबपेजहरुलाई फिल्टर गर्न सक्छन् । यसबाहेक नआवश्यक वा अश्लील सामग्री बन्द गर्नका लागि विभिन्न एक्सटेन्सनहरु पनि रहेका छन् । ब्लकसाइट नामक एक्सटेन्सनले यस्तै काम गर्छ । यस एक्सटेन्सनलाई ब्राउजरमा एड (बमम) गरेपछि विभिन्न सामग्रीहरु फिल्टर गर्न सकिन्छ । यसको एन्ड्रोइड र आईओएस दुवैमा एप उपलब्ध छ ।

गुगलको सेफसर्च
सर्च इन्जिन गुगलमा भएको सेफसर्च (क्बाभक्भबचअज)बाट पनि कन्टेन्टहरुको फिल्टर गर्न सकिन्छ । यसको प्रयोग गर्दा पोर्नोग्राफी, भायलेन्स जस्ता कन्टेन्टलाई इन्टरनेट सर्चबाट हटाउन सकिन्छ ।

गुगलको सेटिङमा गएर सजिलैसँग सेफसर्चलाई ‘अन’ गर्न सकिन्छ । बालबालिकालाई अश्चिल सामग्रीहरुबाट बचाउनका लागि यो पनि राम्रो विकल्प हो ।

युट्युबको रेस्ट्रिक्टेड मोड
युट्युबमा भएको रेस्ट्रिक्टेड मोडले अश्लील भिडिओ कन्टेन्टहरूलाई फिडमा आउनबाट रोक्छ । युट्युबको यो फिचर वेब र मोबाइल एप दुवैमा उपबल्ध छ । अभिभावकले युट्युबमा रहेको फिचर अन गर्दिदा बालबालिकाहरुलाई सुरक्षित रुपमा युट्युबमा भिडिओ हेर्न मद्दत पुग्छ ।

गुगलको फ्यामिली लिङ्क
बालबालिकाहरुमा ‘हेल्थी डिजिटल ह्याबिट’ निर्माण गर्न र उनीहरुको अनलाइन सुरक्षा गर्न गुगलले निर्माण गरेको मोबाइल एप हो, गुगल फ्यामिली लिङ्क ।

यसमा बच्चाले डिभाइसमा कति समय बिताए, उनीहरु कुन स्थानबाट मोबाइल फोन प्रयोग गरिरहेका छन् जस्ता कुरा थाहा पाउन सकिन्छ । यस एपबाट बच्चाले कुनै पनि एप डाउनलोड गर्न अघि अभिभावको अनुमति चाहिने बनाउन सकिन्छ । त्यस्तै यसै एपको प्रयोग गरेर अभिभावकले विभिन्न वेबसाइट तथा एक्सटेन्सनहरु ब्लक गर्दिन सक्छन् । यो एप एन्ड्रोइड र आईएस दुवैमा उपलब्ध छ ।

सेक्युरिटी सफ्टवेयर
अश्लील र अनावश्यक कन्टेन्ट रोक्न र बन्द गर्न‍ एन्टीभाइरस‍ सफ्टवेयर डाउनलोड गर्न सकिन्छ । नोर्टन, ट्रेन्ड माइक्रो, म्याकफी, क्यास्परस्की लगायतका एन्टीभाइरस सफ्टवेयरहरूमा यो फिचर उपलब्ध छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago