गोरखा, १ पुष २०८० । सिरानचोक गाउँपालिका वडा नं. ५ चित्रेपोखरी गोरखामा खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
न्यू दौतरी समुहको आयोजनामा हुन लागेको खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता आउदै गरेको ११ औं मोहन स्मृतीको पावान अवसरमा खेल संचालन गर्न लागिएको हो। खेल यही मिति २०८० पौष ५ गते देखि ९ गते सम्म न्यू दौतरी समुहको खेल मैदानमा हुने भएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रकम सहित टिमले ट्रफी ,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन र द्वितीय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ रकम सहित टिमले ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । त्यसै गरि सेमिफाईनलमा पुग्ने दुई टिमलाई १५÷१५ हजार र विधागत रुपमा बेष्ट गोल किपर,सर्वाधिक गोलकर्ता,सर्वोत्कृष्ट खेलाडीलाइ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्रले सम्मानित गरिने समुहका अध्यक्ष प्रभाश गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि टिम प्रवेश शुल्क ७ हजार र १५ सय रुपैयाँ कार्ड शुल्क अग्रिम तिर्न पर्नेछ यदि कुनै कार्ड प्राप्त नभएमा उक्त शुल्क फिर्ता गरिनेछ भने दर्ता पौषको ३ गते सम्म गरि सक्नु पर्नेछ । साथै प्रतियोगिताको उद्घाटन समारोहमा प्रत्येक खेलाडिको मार्चपास अनिवार्य रहेको समेत समुहका अध्यक्ष गुरुङले जानकारी दिएका छन । टिम दर्ता गर्नका लागि अग्रिम फोन मार्फत बाट पनि सम्पर्क गर्न मिल्ने अध्यक्ष गुरुङको भनाई रहेको छ ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…