शिक्षा

श्री महालक्ष्मी माबिलाई स्कुल बस हस्तान्तरण

पौष १, २०८०, गोरखा । कल्स ओभर रिड्जेस नेपालले उपलब्ध गराएको स्कुल बस गोरखा नगरपालिका लक्ष्मीबजार स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमका बीच संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी अधिकारी साङ्लोमा शेर्पाले गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानालाई उक्त बसको चाबी (साचो) हस्तान्तरण गरि नगरपालिका प्रमुख रानाले सोहि बसको चाबी (साचो) विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

नगरपालिका प्रमुख रानाले श्री महालक्ष्मी माविका प्रधानध्यापक चुडामणि काप्रीलाई बस हस्तान्तरण गरेका हुन् । गोरखा नगरपालिका–९ स्थित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग होस् भन्ने उद्देश्यले कल्स ओभर रिड्जेस नेपाल संस्थाको लागतमा तथा गोरखा नगरपालिकाको समन्वयमा स्कुल बस खरिद गरी हस्तान्तरण गरिएको जनाइएको छ । महालक्ष्मी माविलाई प्राप्त भएको बसले गोरखा नगरपालिका भित्र पर्ने लाभान्वित क्षेत्रहरुमा विद्यार्थीहरुलाई सहज र सुबिधा दिन धेरै नै सहयोग पुग्ने नगरपालिकाका प्रमुख कृष्ण रानाले जानकारी दिए ।

कल्स ओभर रिड्जेस नेपाल संस्थाको लागतमा तथा गोरखा नगरपालिकाको समन्वयमा बस उपलब्ध गराए पनि नियमित सञ्चालनका लागि चालक, सहचालक, इन्धन खरिद, मर्मतमा हुने खर्च व्यवस्थापनका लागि विद्यार्थीसँग न्यूनतम् शूल्क लिइने बताइएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago