श्री महालक्ष्मी माबिलाई स्कुल बस हस्तान्तरण

शिक्षा

पौष १, २०८०, गोरखा । कल्स ओभर रिड्जेस नेपालले उपलब्ध गराएको स्कुल बस गोरखा नगरपालिका लक्ष्मीबजार स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमका बीच संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी अधिकारी साङ्लोमा शेर्पाले गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानालाई उक्त बसको चाबी (साचो) हस्तान्तरण गरि नगरपालिका प्रमुख रानाले सोहि बसको चाबी (साचो) विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

नगरपालिका प्रमुख रानाले श्री महालक्ष्मी माविका प्रधानध्यापक चुडामणि काप्रीलाई बस हस्तान्तरण गरेका हुन् । गोरखा नगरपालिका–९ स्थित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग होस् भन्ने उद्देश्यले कल्स ओभर रिड्जेस नेपाल संस्थाको लागतमा तथा गोरखा नगरपालिकाको समन्वयमा स्कुल बस खरिद गरी हस्तान्तरण गरिएको जनाइएको छ । महालक्ष्मी माविलाई प्राप्त भएको बसले गोरखा नगरपालिका भित्र पर्ने लाभान्वित क्षेत्रहरुमा विद्यार्थीहरुलाई सहज र सुबिधा दिन धेरै नै सहयोग पुग्ने नगरपालिकाका प्रमुख कृष्ण रानाले जानकारी दिए ।

कल्स ओभर रिड्जेस नेपाल संस्थाको लागतमा तथा गोरखा नगरपालिकाको समन्वयमा बस उपलब्ध गराए पनि नियमित सञ्चालनका लागि चालक, सहचालक, इन्धन खरिद, मर्मतमा हुने खर्च व्यवस्थापनका लागि विद्यार्थीसँग न्यूनतम् शूल्क लिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *