खेलकुद

गोरखामा फागुन ६ गतेबाट मिस्टर वि. आठौं गोर्खाली रनिङ कप २०८० हुने

माघ ९, गोरखा । गोरखामा मिस्टर वि. आठौं गोर्खाली रनिङ कप २०८० हुने भएको छ। सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक हरमटारी क्लब गोरखाले आउँदो फागुन ६ गतेबाट १३ सम्म गोर्खाली रनिङकप आयोजना गर्ने घोषणा गरेको हो।

गोर्खाली रनिङ कपको बिजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउनेछ भने उप बिजेताले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पाउनेछ। गोरखाको लागि यो सर्वाधिक राशीको फुटबल प्रतियोगिता हो। प्रतियोगिता अवधिभर सर्वोकृष्ट खेलाडीलाई नगद २० हजार, सर्वोत्कृष्ट अग्रपंक्तिलाई र सर्वोत्कृष्ट मध्यपंक्ति, सर्वोत्कृष्ट गोलरक्षक, रक्षक, सर्वोत्कृष्ट गोलकर्तालाई पनि नगद १० हजार बराबरको दरले नगद दिने आयोजकले जनाएको छ। साथै यस बर्ष अनुशासित टिमलाई समेत ३५ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुन लागेको प्रतियोगितामा स्थानीय र राष्ट्रिय स्तरका क्लवहरु गरी १६ टिमको सहभागिता रहने आयोजको प्रक्षेपण छ। सहभागि हुन चाहने टिमले १५ हजार प्रवेश शुल्क तिर्नुपर्ने क्लवले जनाएको छ । विहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजे देखि ५ बजेसम्म नियमित प्रतियोगिता संचालन गरिने आयोजक हरमटारी क्लवका अध्यक्ष जीवन गुरुङले बताए।

यसअघि कोरोनाको प्रभावले २०७६/०७७ मा दुईवर्ष गोर्खाली रनिङ कप आयोजन गर्न नसकिएको र सातौं पनि सोचेको जस्तो गर्न नसकिएको क्लबले जनाएको छ।

मिस्टर वि. आठौं गोर्खाली रनिङ कप २०८० सम्पन्न गर्नका लागि करिब २७ लाख ७० हजार खर्च हुने महासचिव किरण ढकालले बताए। खेलकुदको माध्यमबाट व्यवसायिक गोर्खाली खेलाडी उत्पादन गर्न र जिल्लाको प्रचार प्रसारका लागि गोर्खाली रनिङ कप आयोजना गरिएको हरमटारी क्लबले जनाएको छ। मिस्टर वि. आठौं गोर्खाली रनिङ कप २०८० हेर्न आउने दर्शकले केही शुल्क दिनुपर्ने समेत क्लबले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago