बिराज त्रिपाठी
गोरखा, फागुन १२ । मि. बि आठौं गोर्खाली रनिङ कप फुटबलको उपाधि हरमटारी क्लबले जितेको छ।
गोरखा सदरमुकाम स्थित हरमटारी खेलकुद मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा चाइनिज धारा फ्यामिलिलाई २–० गोल अन्तरले हराउँदै आयोजक हरमटारी क्लबले उपाधि जितेको हो।
उपाधिसँगै हरमटारी क्लबले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
उपविजेतमा चित्त बुझाउन बाध्य भएको चाइनिज धारा फ्यामिलिले नगद एक लाख ६६ हजार ६ सय ६६ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताभर अल स्टार एफ सीका खेलाडी यम्मी फाकुल्मे र चाइनिज धारा फ्यामिलिका बिक्की च्याम्लिङ राइले ५/५ गोल गरेका थिए। उनिहरुलाई सर्वाधिक गोलकर्ता उपाधिसहित नगद ५ हजार रुपैयाँका दरले सम्मान गरिएको क्लबका महासचिव किरण ढकालले बताए।
उत्कृष्ट गोलकिपर हरमटारी क्लबका आकाश रानाबाट , उत्कृष्ट डिफेन्डर हरमटारी क्लबका बिजय सिंह ठकुरी र उत्कृष्ट मिडफिल्डर चाइनिज धारा फ्यामिलिका अजित लामाले जितेका छन्।
उनीहरुलाई नगद १० हजारका दरले सम्मान गरिएको छ। प्रतियोगितामा हरमटारी क्लबका नरेन्द्र चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनलाई नगद २० हजार सहित ट्रफीले सम्मान गरिएको छ । साथै न्यु दौतरि युवा क्लव सिरान्चोक चित्रेपोखरिले अनुशासित टिमको उपाधी जित्न सफल भएको छ । उक्त टिमलाई ३५ हजार नगदले सम्मान गरिएको छ ।
यही फागुन ६ गतेबाट सुरु भएको प्रतियोगितामा शनिबार सम्पन्न भएको छ। हरमटारी क्लबको आयोजनामा भएको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो।







