गोरखा, फागुन २५ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस तथा महाशिबरात्रीको अवसरमा महिलाहरुका लागि गोरखा नगरपालिका वडा नम्बर १० स्थित बिरिञ्चोक बिरेडाँडाँमा रहेको गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको भवनमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिबिर भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर १० को सहयोग तथा संगम मेडिहेल्थ क्लिनिकको प्राबिधिक सहयोगमा श्री गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना दिवसको अवसरमा संस्थाद्वारा आयोजित शिबिरमा १ सय ८० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
वरिष्ठ महिला रोग बिशेषज्ञ डा. सुनिता ब्यन्जन्कारको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीको टोलीले नि:शुल्क स्वास्थ्य परीक्षणका साथै नि:शुल्क रुपमा औषधी समेत बितरण गराएको थियो।
महिलाहरुको स्त्री रोग डाक्टरद्धारा महिलाहरुको पाठेघर स्क्रेनिङ, भिआईए जाँच, डेण्टल तथा जेनरल ओपिडी सम्बन्धि उपचार गरिएको थियो ।
जसमा १ सय ९ जना महिलाले भिडियो एक्स -रे, २५ जना महिलाले भिआईए, ५० जना महिलाले डेण्टल र ८६ जना महिलाले जेनरल ओपिडी लगायतका सेवा लिएकाे बरिस्ठ स्वास्थ्यकर्मी संगम श्रेष्ठले जानकारी दिए ।
शिबिरमा १ सय ८० जना महिलाको स्वास्थ्य परिक्षण गराउँदा ५० प्रतिशत महिलाको प्रेसर हाइ, मोटोपनाको समस्या देखिएको बरिस्ठ स्वास्थ्यकर्मी श्रेष्ठले जानकारी दिए साथै ३५ जना महिलालाई थपउपचार गराउन रिफर गरिएको समेत उनले बताए ।
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…