आर्थिक

हुम्लामा दस करोडको स्याउ उत्पादन

फागुन २७ । फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना रहेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको पाइएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो नभए पनि जिल्लाभरको विवरण अनुसार उक्त स्याउ उत्पादन भएको पाइएको गोरखापत्र अनलाइनले लेखेको छ।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन भएको बताए । उनले स्याउ राम्रो उत्पादन नभएका कारण जम्मा किसानले पाँच करोडको स्याउ उत्पादन गर्न सफल भएको र किसानले उत्पादन गरेका सबै स्याउ भने बिक्री नभएको बताए।

कृषि शाखाका प्रमुख शाहीले स्याउ बिक्रीबाट एक किसानले १० लाख रुपियाँसम्म कमाइ गरेको जानकारी कार्यालयलाई आएको बताउँदै सडक यातायात नजोडिएको र हवाई मार्गबाट ढुवानी दर बढी भएका कारण जिल्लाबाहिरको बजारका लागि समस्या रहेको बताए ।

हुम्ला जिल्लामा स्याउको मूल्य प्रतिकेजी ४० रुपियाँ तोकिएको भए पनि त्यो मूल्यमा भने बजारमा पाउने गरेको छैन। हाल बजारमा प्रतिदाना स्याउका मूल्य २० रुपियाँ पर्ने गरेको छ। कृषि विकास कार्यालयले जिल्लाका सात वटै गाउँपालिकामा १० करोडभन्दा बढीको स्याउ उत्पादन भएको जनाएको छ। यसमा ३० प्रतिशत मात्र स्याउ जिल्लाबाहिर बिक्री भएको कार्यालयले जनाएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago