हुम्लामा दस करोडको स्याउ उत्पादन

आर्थिक

फागुन २७ । फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना रहेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको पाइएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो नभए पनि जिल्लाभरको विवरण अनुसार उक्त स्याउ उत्पादन भएको पाइएको गोरखापत्र अनलाइनले लेखेको छ।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन भएको बताए । उनले स्याउ राम्रो उत्पादन नभएका कारण जम्मा किसानले पाँच करोडको स्याउ उत्पादन गर्न सफल भएको र किसानले उत्पादन गरेका सबै स्याउ भने बिक्री नभएको बताए।

कृषि शाखाका प्रमुख शाहीले स्याउ बिक्रीबाट एक किसानले १० लाख रुपियाँसम्म कमाइ गरेको जानकारी कार्यालयलाई आएको बताउँदै सडक यातायात नजोडिएको र हवाई मार्गबाट ढुवानी दर बढी भएका कारण जिल्लाबाहिरको बजारका लागि समस्या रहेको बताए ।

हुम्ला जिल्लामा स्याउको मूल्य प्रतिकेजी ४० रुपियाँ तोकिएको भए पनि त्यो मूल्यमा भने बजारमा पाउने गरेको छैन। हाल बजारमा प्रतिदाना स्याउका मूल्य २० रुपियाँ पर्ने गरेको छ। कृषि विकास कार्यालयले जिल्लाका सात वटै गाउँपालिकामा १० करोडभन्दा बढीको स्याउ उत्पादन भएको जनाएको छ। यसमा ३० प्रतिशत मात्र स्याउ जिल्लाबाहिर बिक्री भएको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *