फागुन ३०, २०८०
गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं.८ स्थित रातमाटेमा मानसिक अवस्था कमजोर भएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार दिउँसो ३२ वर्षीय युवतीलाई करणी गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका-८ रातमाटेका ४० वर्षीय चित्र बहादुर थापालाई पक्राउ गरेको हो ।
मानसिक अवस्था ठीक नभएकी ३२ वर्षीया युवतीलाई थापाले बलात्कार गरेको पीडितको आमाको आरोप छ ।
गोरखा प्रहरीका डीएसपी रमेश कुमार श्रेष्ठका अनुसार घटना मंगलबार दिउँसो करिब १ बजेतिरको हो ।
युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडितको आमा मार्फत जाहेरी दरखास्त आएपछि उनलाई पक्राउ गरेर जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई अनुसन्धान थालेको डीएसपी श्रेष्ठले बताए ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…