मानसिक अवस्था सुस्त भएकी महिलालाई जबरजस्ती करणी गरेको कसूरमा १ जना पक्राउ

समाचार

गोरखामा मानसिक अवस्था सुस्त भएकी महिलालाई जबरजस्ती करणी गरेको कसूरमा शहिदलखन गा.पा. वडा नं.१ गोरखाका नारायण बहादुर राना पक्राउ परेको छन ।

शनिबार दिउँसो करिब १२ बजेको समयमा शहिदलखन गा.पा. वडा नं.१ स्थित सानो दिप्लिङमा मानसिक अवस्था सुस्त भएकी २९ बर्षकी हाल नाम परिवर्तित “(०७९।०८०)म कुमारी”लाई ४५ बर्षका रानाले जबरजस्ती करणी गरेको भनि जाहेरी दरखास्त पश्चात् पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

रानालाई आइतबार पक्राउ गरी उनि विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी सोमबार गोरखा जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला अदालतको अनुमती अनुसार हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपको अनुमती समेत लिई घटनाको जिल्ला प्रहरी कार्यालय गोरखामा थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *