Categories: समाचार

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एक जनाको उपचारको क्रममा मृत्यु

१७ चैत २०८०, शनिवार


गोरखा । शहिदलखन गाउँपालिका– ३ घोर्लेस्वाँरा स्थित मझुवादेउराली मनकामना सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

पूर्वी नवलरासी बाट मझुवादेउराली हुँदै गोरखा मनकामना तर्फ जाँदै गरेको ग. १ च. ७६१९ नम्बरको स्कारपिओ गाडी उकालो चढ्न नसकी
पछाडि ब्याक हुँदा अनियन्त्रित भई सडकको नालीमा पल्टिन जाँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त घटना शनिबार दिउँसो करिब ११ बजे भएको थियो ।

दुर्घटनामा परी स्कारपिओमा सवार पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–४ बस्ने ४५ बर्षको शोभाखर गैरेको मृत्यु भएको हो ।

दुर्घटनामा पूर्वी नवलपरासीका गैरे गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा छिमकेश्वरी अस्पताल आँबुखैरैनी तनहुँमा ११ः४० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

उक्त दुर्घटनामा परेको स्कारपिओको चालक सोही ठाउँका ४७ बर्षको बेग बहादुर क्षेत्री रहेको थियो । उक्त चालक क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago