मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एक जनाको उपचारको क्रममा मृत्यु

समाचार

१७ चैत २०८०, शनिवार


गोरखा । शहिदलखन गाउँपालिका– ३ घोर्लेस्वाँरा स्थित मझुवादेउराली मनकामना सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

पूर्वी नवलरासी बाट मझुवादेउराली हुँदै गोरखा मनकामना तर्फ जाँदै गरेको ग. १ च. ७६१९ नम्बरको स्कारपिओ गाडी उकालो चढ्न नसकी
पछाडि ब्याक हुँदा अनियन्त्रित भई सडकको नालीमा पल्टिन जाँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त घटना शनिबार दिउँसो करिब ११ बजे भएको थियो ।

दुर्घटनामा परी स्कारपिओमा सवार पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–४ बस्ने ४५ बर्षको शोभाखर गैरेको मृत्यु भएको हो ।

दुर्घटनामा पूर्वी नवलपरासीका गैरे गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा छिमकेश्वरी अस्पताल आँबुखैरैनी तनहुँमा ११ः४० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

उक्त दुर्घटनामा परेको स्कारपिओको चालक सोही ठाउँका ४७ बर्षको बेग बहादुर क्षेत्री रहेको थियो । उक्त चालक क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *