गोरखामा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

समाचार

२०८१ बैशाख १४


गोरखा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखा नगरपालिका– ११ चौधकिलो स्थित गोरखा आँबुखैरेनी सडकखण्डमा गोरखाबाट बाह्रकिलो तर्फ जाँदै गरेको ग. १३ प.९३२५ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक सिरानचोक गाउँपालिका-७ बस्ने मोटरसाइकल चालक ४५ वर्षीय अशोक गहतराजको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा गहतराजलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर गोरखा अस्पताल गोरखामा ल्याइएको थियो । तर, ४:१० बजे अस्पतालले उपचारको क्रममा गहतराजको मृत्यु भएको घोषणा गरेको प्रवक्ता श्रेष्ठले बताए ।

मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा गहतराजको श्रीमती सिता गहतराज पनि घाइते भइ सोही अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *