३१ जेठ २०८१, बिहिवार
गोरखा, बिश्व वालश्रम विरुद्धको अवसर पारेर गोरखा जेसिजले श्री गोरक्ष वैदिक गुरुकुल आधारभुत बिधालयलाई सहयोग गरेको छ ।
गोरखा जेसिजले बुधबार बिश्व वालश्रम विरुद्धको दिन गोरखा जिल्ला सदरमुकाम स्थितको गोरखा नगरपालिका वडा नम्बर ६, छहरेमा रहेको श्री गोरक्ष वैदिक गुरुकुल आधारभुत बिधालयलाई खाद्य सामाग्री सहयोग गरेको हो । गोरखा जेसिजले १८ हजार बरावरको चामल २ बोरा, आलु १ बोरा, दाल १० केजी, तेल १ प्याक र १५ केजी तरकारी लगायत खाद्य सामाग्री सहयोग गरेको महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।
विभिन्न जिल्लाबाट आएका साना साना १६ जना बटुकहरुले उक्त बिद्यालयमा निशुल्क अध्ययन गर्दै आएका छन् । विद्यालयमा संस्कृत अध्यापन गर्न आएका बटुकहरुलाई गोरखा जेसिजले खाद्यान्न उपलब्ध गराएको हो ।
सहयोग सामाग्री वितरण कार्यक्रममा गोरखा जेसिजका पुर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रबिन बस्नेत, वर्तमान अध्यक्ष अस्विन ढुंगाना,बिद्यालयका अध्यक्ष बोदप्रसाद अधिकारी, नि. वर्तमान अध्यक्ष पुष्कर गुरुङ, पुर्व अध्यक्ष सैलेन्द्र भट्ट, अध्यक्ष सल्लाहकार सुमन गुरुङ तथा बोर्डका पदाधिकारीहरुको लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन भने गोरखा जेसिजका महासचिव सुजित श्रेष्ठले गरेका थिए ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…