गोरखा । सम्राट फेन्सी पसल हरमटारी गोरखाको प्रोपाईटर तथा गोरखा जेसिज गोरखाको पुर्व अध्क्ष्य सुबास मल्लले मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् ।
उनले बुधबार गोरखाको शहिद लखन गाउँपालिकाको श्री मकैपुर आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई १५,५०० बराबरको शैक्षिक सामाग्रीहरु (नेपाल सरकारले निःशुल्क उपल्बध गराऊने भन्दा बाहेकको किताव, टाई, बेल्ट र आईडि कार्ड) उपल्बध गराएका वडा.न. ७ का वडाअध्क्ष्य शरण श्रेष्ठले बताएका छन् ।
साथै श्रेष्ठले शैक्षिक सामाग्रीहरु सहयोग गरेमा विद्यार्थीहरुलाई पठनपाठनमा थप सहयोग मिल्ने भन्दै प्रोपाईटर मल्ललाई धन्यवाद व्यक्त गरेका छन् ।
