निशुल्क संस्कृत अध्यापन गर्ने बटुकहरुका लागि गोरखा जेसिजद्वारा खाद्यान्न सहयोग

समाचार

३१ जेठ २०८१, बिहिवार


गोरखा, बिश्व वालश्रम विरुद्धको अवसर पारेर गोरखा जेसिजले श्री गोरक्ष वैदिक गुरुकुल आधारभुत बिधालयलाई सहयोग गरेको छ ।


गोरखा जेसिजले बुधबार बिश्व वालश्रम विरुद्धको दिन गोरखा जिल्ला सदरमुकाम स्थितको गोरखा नगरपालिका वडा नम्बर ६, छहरेमा रहेको श्री गोरक्ष वैदिक गुरुकुल आधारभुत बिधालयलाई खाद्य सामाग्री सहयोग गरेको हो । गोरखा जेसिजले १८ हजार बरावरको चामल २ बोरा, आलु १ बोरा, दाल १० केजी, तेल १ प्याक र १५ केजी तरकारी लगायत खाद्य सामाग्री सहयोग गरेको महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

विभिन्न जिल्लाबाट आएका साना साना १६ जना बटुकहरुले उक्त बिद्यालयमा निशुल्क अध्ययन गर्दै आएका छन् । विद्यालयमा संस्कृत अध्यापन गर्न आएका बटुकहरुलाई गोरखा जेसिजले खाद्यान्न उपलब्ध गराएको हो ।

सहयोग सामाग्री वितरण कार्यक्रममा गोरखा जेसिजका पुर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रबिन बस्नेत, वर्तमान अध्यक्ष अस्विन ढुंगाना,बिद्यालयका अध्यक्ष बोदप्रसाद अधिकारी, नि. वर्तमान अध्यक्ष पुष्कर गुरुङ, पुर्व अध्यक्ष सैलेन्द्र भट्ट, अध्यक्ष सल्लाहकार सुमन गुरुङ तथा बोर्डका पदाधिकारीहरुको लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन भने गोरखा जेसिजका महासचिव सुजित श्रेष्ठले गरेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *