बिराज त्रिपाठी
गोरखा, असार ७ गते । जिल्लाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६० करोड ७ लाख ४४ हजार ९९९ को बजेट ल्याएको छ । पालिकाको १५ औँ गाउँ सभामा उपाध्यक्ष इन्दिरा तिवारीले पुँजीगततर्फ १४ करोड ९७ लाख र चालुतर्फ ४५ करोड ५७ लाख ७४ हजार ९९९ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । यो बजेट चालू आर्थिक वर्षको तुलनामा करिब ४ करोड कम हो ।
गाउँपालिकाले ससर्त र विशेष अनुदान अन्तर्गतका योजना तथा पूर्वाधार निर्माणलाई जोड दिँदै बजेट ल्याएको छ । गाउँ सभामा आगामी वर्षको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष इन्दिरा तिवारीले ससर्त र विशेष अनुदान अन्तर्गतका योजनाका लागि २७ करोड ७६ लाख ६६ हजार बजेट विनियोजन गरेको छ भने पूर्वाधार विकासका लागि ८ करोड १८ लाख बजेट विनियोजन गरेको बताउनु भयो । यस्तै, आर्थिक विकासको लागि एक करोड २८ लाख ४० हजार, सामाजिक विकासको लागि पाँच करोड ६५ लाख ५ हजार बजेट विनियोजन गरेको उपाध्यक्ष तिवारीले बताउनु भयो ।
यस्तै, पालिकाले वन वातावरण तथा विपद्को लागि २२ लाख, कार्यालय संचालन तथा प्रशासनिक तर्फ १० करोड ९८ लाख ३३ हजार ९९९ विनियोजन गरेको छ । पालिकाले वडागत बिनियोजनका लागि ५ करोड २९ लाख रुपैयाँ छुट्टाएको छ ।
गाँउपालिकाले चालु आर्थिक बर्षको असार ६ गतेसम्म कुल बजेटको ६२.५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु तर्फ २८करोड १० लाख ७२ हजार ७ सय रुपैया खर्च भएको छ । यो चालु तर्फ विनियोजित बजेटको ६६.१५ प्रतिशत हो । यस्तै पुजिगत तर्फ ११ करोड ९६ लाख २ हजार २ सय १४ रुपैया खर्च भएको छ । यो ५५.४४ प्रतिशत हो ।
चालु बर्षका लागि प्रक्षेपण गरिएको आन्तरिक आयको लक्ष्य अनुसार हालसम्म ८४ प्रतिशत मात्र संकलन भएको छ । २ करोड २५ लाख ८० हजार रुपैया संकलन गर्ने लक्ष्य रहेकोमा जेठ मसान्तसम्म १ करोड ८९ लाख ६२ हजार ७३९ रुपैया संकलन भएको सभामा बताइएको थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…