आर्थिक

सिरानचोक गाउँपालिकाले ल्यायो ७५ करोड ६४ लाख ४८ हजार ९९९ को बजेट

१० असार २०८१, सोमवार


गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।

“समृद्ध ऐतिहासिक सिरानचोकको सान: दिगो बिकासको अभियान” नाराकासाथ सम्पन्न सभाले निति तथा कार्यक्रम र १४औँ गाउँसभा आज एकै दिन सम्पन्न गरेको हो ।

गाउँपालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष रीता देवकोटाले आर्थिक वर्ष ०८१/८२ का लागि ७५ करोड ६४ लाख ४८ हजार ९९९ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ मा ७९ करोड ८४ लाख ५५ हजार ६०० बजेट प्रस्तुत गरेको थियो। अघिल्लो वर्षको तुलनामा यसपटक पालिकाले झन्डै साढे चार करोड घटीको बजेट प्रस्तुत गरेको छ । जस अन्तर्गत तलब तथा प्रशासनिक खर्च तर्फ ९ करोड ९१ लाख ४८ हजार ९९९, विषयगत क्षेत्र योजनाको लागि ७ करोड ६२ लाख, वडागत सिलिङ ५ करोड ८ लाख, दिगो बिकास लक्ष्य कार्यान्वयन तर्फ २ करोड, गाउँपालिका गौरव योजना, अन्य महत्त्वपूर्ण योजना र बाँकी रहेको भुक्तानी दायित्वकोलागि १४ करोड, समपुरक अनुदान कार्यान्वयनतर्फ ४ करोड ६० लाख, शसर्त अनुदान कार्यान्वयनतर्फ ३० करोड ८३ लाख, विशेष अनुदान कार्यान्वयन तर्फ १ करोड ६० लाख बजेट प्रस्तुत गरेको छ ।

यसैगरी बजेटले आर्थिक बिकास, सामाजिक क्षेत्र, पुर्वाधार क्षेत्र, वन तथा वातावरण व्यवस्थापन, संस्थागत विकास तथा सुशासन, गरी मुल पाँच क्षेत्र चयन गरेको छ ।

आर्थिक बिकास क्षेत्र: १ करोड ५२ लाख ४० हजार रुपैयाँ बिनियोजन गरेको छ । जसअन्तर्गत कृषि तथा भुमि ब्यवस्था, सिंचाइ, पशुपंक्षि,  सहकारी तथा  गरीबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृती सम्पदा तथा पर्यटन र श्रम तथा रोजगार रहेका छन् ।

सामाजिक क्षेत्र: २ करोड २८ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ जसअन्तर्गत स्वास्थ तथा पोषण, शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ, युवा खेलकुद तथा नवप्रवर्द्धन र महिला बालबालिका तथा समाज कल्याण रहेको छ ।

पुर्वाधार क्षेत्र: २ करोड २८ लाख ६० हजार विनियोजन गरेको छ जस अन्तर्गत भवन आवास वस्ती तथा शहरी बिकास, सडक, पुल तथा यातायात, जलस्रोत, विद्युत तथा वैकल्पिक उर्जा र सूचना तथा संचार पर्दछ ।

वन तथा वातावरण व्यवस्थापन: ७६ लाख २० हजार विनियोजन गरेको छ जसअन्तर्गत वन तथा जैविक विविधता, भु- संरक्षण तथा जलाधार,  वातावरण तथा फोहोर मैलाव्यवस्थापन र विपद व्यवस्थापन तथा जलवायु उत्थानशिलता पर्दछ।

संस्थागत विकास तथा सुशासन: ७६ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ जसअन्तर्गत निति, कानुन, न्याय तथा सुशासन, संगठनात्मक विकास, मानव संशोधन तथा सेवा प्रवाह, श्रोत परिचालन, तथ्यांक प्रणाली र योजना व्यवस्थापन पर्दछ।

यसैगरी वडा स्तरीय योजना तथा कार्यक्रमको लागि ५ करोड ८ लाख ८ वडालाई निम्न अनुसार बिभाजन गरेको छ । १ नं वडा ५३ लाख ७७ हजार, २ नं वडा ६० लाख ९८ हजार, ३ नं वडा ६० लाख ३६ हजार ४०, ४ नं वडा ६४ लाख ९६ हजार, ५ नं वडा ६४ लाख ६३ हजार, ६ नं वडा ६७ लाख ८० हजार ३ सय, ७ नं वडा ६५ लाख ९० हजार र ८ नं वडाको लागि ६९ लाख ६० हजार विनियोजन गरेको छ ।

दिगो बिकासका लागि २ करोड छुट्टयाइएको छ।

उक्त कार्यक्रममा बजेट भाषण पालिका उपाध्यक्ष रिता देवकोटा द्वारा प्रस्तुत गरिएको थियो र अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा बसेको सभाले बजेट विनियोजन पारित गरेको  थियो ।

सिरानचोक गाउँपालिकाका सबै वडाका जन-प्रतिनिधि र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago