Categories: समाचार

९८ करोड ४६ लाख ६ हजारको बजेट पास गर्दै गोरखा नगरपालिका १४ औं नगरसभा सम्पन्न

बिराज त्रिपाठी


२०८१ असार ३१, गोरखा । गोरखा नगरपालिकाको नगरसभाको १४ औं अधिवेशन सोमबार सम्पन्न भएको छ । सभाले आगामि यही आर्थिकबर्ष २०८१/०८२ का लागि तय भएका नीति तथा कार्यक्रम एवं बजेट पास गरेको हो ।

गोरखा नगरपालिका प्रमुख कृष्ण राना

नगरपालिकाको आगामि आर्थिकवर्षको बजेट ९८ करोड ४६ लाख ६ हजार रहेको छ ।

गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि निति तथा कार्यक्रम कार्यन्वयन गर्न नेपाल सरकार समानिकरण अनुदान तर्फ २१ करोड १७ लाख, ससर्त अनुदान तर्फ ३९ करोड ४५ लाख, समपुरक अनुदान तर्फ १ करोड ५० लाख, प्रदेश सरकार समानिकरण अनुदान तर्फ ३ करोड २२ लाख ५५ हजार, विशेष अनुदान तर्फ १५ करोड ४५ लाख ६१ हजार, आन्तरिक आय तर्फ ७ करोड १५ लाख ९० हजार, क्रमागत योजना/बैंक मौज्दात ६ करोड ५० लाख, जनसहभागिता १ करोड, सडक बोर्ड नेपाल १ करोड र नगर बिकास कोष १ करोड गरि जम्मा बजेट ९८ करोड ४६ लाख ६ हजार रुपैयाँको स्रोत अनुमान गरिएकोमा चालु खर्च तर्फ ६५ करोड ९४ लाख १ हजार (६६.९७ प्रतिशत) र पुँजीगत खर्च तर्फ ३२ करोड ५२ लाख ५ हजार (३३.०३ प्रतिशत) बिनियोजन गरेको छ ।

सोमबार बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मसलीमाया थोकरले पूर्वाधार विकास तर्फ १८ करोड ४ लाख ६७ हजार, सामाजिक विकास तर्फ ७ करोड ५० लाख ९० हजार र आर्थिक विकास तर्फ ३ करोड २३ लाख ५० हजार रकम विनियोजन गरिएको बताइन् । उनका अनुसार वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ४१ लाख ४९ हजार र सुशासन तथा संस्थागत विकासतर्फ १७ करोड ३० लाख ५० हजार रकम विनियोजन भएको छ । नगरपालिकाभित्रका १४ वटा वडाका लागि प्रतिवडा ८० लाखका दरले कुल ११ करोड २० लाख बजेट विनियोजन गरिएको उपप्रमुखले प्रस्तुत गरेको बजेट बक्तव्यमा उल्लेख छ ।

गोरखा नगरपालिका उपप्रमुख मसली माया थोकर

“गोरखा: जहाँ इतिहास जीवित छ” भन्ने मुल नाराका साथ २०८१ लाई गोरखा पर्यटन वर्ष मनाउनको लागि २० लाख र पर्यटन स्थलहरुको पर्यटकीय पुर्वाधार निर्माणका प्रयोजनार्थ बिस्तृत परियोजना प्रतिवेदन (डि पि आर) तयारीको लागि १५ लाख बिनियोजन गरेको उपप्रमुख थोकरले बताइन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाइ आकर्षित गरि पर्यटन पर्बर्धन गर्न कुहिरे भिरमा गोरखा जिल्लाको विद्युतिय नक्सा निर्माणका लागि १५ लाख बिनियोजन भएको छ ।

यस्तै, हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रमका लागि ८ लाख र पशुपंछि प्रकोप राहत कोष संचालनका लागि बिनियोजन भएको छ । साथै विभिन्न खेलकुद कार्यक्रम संचालनका लागि २० लाख बिनियोजन भएको छ ।

गत आर्थिकबर्ष २०८०/०८१ मा गोरखा नगरपालिकालाई राजश्व र अनुदान तथा संघ र प्रदेश सरकार एवं नगरपालिकाको आन्तरिक स्रोत गरी कुल १ अर्व २ करोड ६७ लाख ३८ हजार ८ सय ९७ रुपैया संकलन भएको थियो । जसमध्ये ७५.१६ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । चालुतर्फ ८३.१९ र पुँजीगत तर्फ ५८.०१ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगरसभा सदस्य तथा लेखा समिति संयोजक शितलकाजी मास्केले सभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले नगरपालिले आफ्नो बजेट निर्माण राजस्व तथा श्रोत अनुमान लगायत कार्य गर्दा लेखा समितीको परामर्श तथा सुझाव लिनुपर्ने उल्लेख भएपनि वेवास्ता गरि बजेट निर्माण गरेको प्रति दुख व्यक्त गरेका थिए।

महालेखा परिक्षकको प्रतिबेदन वमोजिम यस नगरपालिकाको आर्थिक वर्ष ०७९/८० सम्मको बेरुजु १० करोड ४२ लाख ८३ हजार देखियो, यो अत्याधिक धेरै हो । बेरुजु न्यूनीकरण गर्न तथा आएको बेरुजु नियमित गर्न कोहि कसैले ध्यान नदिएको भन्दै यस तेर्फ गम्भीर हुन उनले सुझाव दिएका थिए । साथै नगरपालिकाको आन्तरिक आय वार्षिक रुपमा वृद्धिगर्ने तर्फ जिम्मेवार पदाधिकारी तथा कर्मचारीको ध्यन नगएको भन्दै राजस्व वृद्धि गर्ने कार्ययोजनालाई आन्तरिक राजस्व वृद्धि गर्न उनले सुझाव दिएका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago