Categories: समाचार

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

असोज १७, २०८१ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेस्वाँरा स्थित आँबुखैरेनी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा भिमसेन थापा गाउँपालिका वडा नं. २ तान्द्राङका एक पुरुषको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक भिमसेन थापा गाउँपालिका वडा नं. २ बस्ने ३४ वर्षीय टिकाराम लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

करिब दिउँसो २ बजेको समयमा गोरखा नगरपालिका ठिगुरेस्वाँरा स्थित आँबुखैरेनी सडकखण्डमा गोरखाबजार देखि
आँबुखैरेनी तर्फ जाँदै गरेको बा.४२ प. ७९८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक लामिछानेको मृत्यु भएको हो ।

गम्भीर घाइते भई लामिछानेलाई उपचारको लागि जिल्ला अस्पताल गोरखामा लगिएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago