समाचार

गण्डकी प्रदेशको एउटा वडामा मात्र हुने उपनिर्वाचनमा १० उम्मेदवारको मनोनय दर्ता

विराज त्रिपाठी

गोरखा । मंसिर १६ गते गण्डकी प्रदेशको एउटा वडामा मात्र हुन लागेको उपनिर्वाचनका लागि १० राजनीतिक दलका १० जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ५ मा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा तोकिएको कार्यतालिका अन्तर्गत आईतबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल समाजवादी पार्टी, राप्रपा नेपाल, नेकपा (एकीकृत समाजवादी), मंगोल नेशनल अर्गनाइजेसन र नेशनल रिपब्लिक नेपालले आफ्ना उम्मेदवारको मनोनयन दर्ता गरेका हुन् ।

जसमा नेपाली काँग्रेसबाट भाई काजी आले, नेकपा एमालेबाट दुर्गा माया थापा राना, नेकपा माओवादी केन्द्रबाट विष्णु बहादुर मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंगल बहादुर थापा र राप्रपाबाट कल्पना राना उम्मेदवार रहेका छन् ।

त्यसैगरी नेपाल समाजवादी पार्टीबाट रुपेश मग्राती, राप्रपा नेपालबाट रुप सिंह राना, नेकपा (एकीकृत समाजवादी)बाट खड्ग बहादुर भुजेल, मंगोल नेशनल अर्गनाइजेसनबाट भबानी थापा मगर र नेशनल रिपब्लिक नेपालबाट सबिना तामाङ्ग उम्मेदवार रहेका छन् ।

उक्त वडाको निर्वाचन क्षेत्रमा दुई हजार २२५ मतदाता रहेका छन् । कार्यतालिका अनुसार आइतबार(आज) मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिएको हो । मंसिर ४ गते उम्मेद्वारको नामावली प्रकाशन गर्ने तालिका रहेको कार्यालय प्रमुख टेकबहादुर कोइरालाले बताए । उनले उम्मेदवारको नाम फिर्ताका लागि मंसिर ५ गते दिउँसो एक बजेसम्मको समय दिइएको जानकारी दिए ।

सोही दिन उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने र १६ गते निर्वाचन हुने बताइएको छ । मंसिर १३ गते राती १२ बजेबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कार्यालयले जनाएको छ ।

शिवशक्ति आधारभूत बिद्यालय अमराई र गोरखकाली आधारभूत बिद्यालय स्वाँरालाई मतदान स्थल तोकिएको छ । शिवशक्तिमा दुई वटा मतदान केन्द्र र गोरखकालीमा एउटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।

यसअघिका वडाध्यक्ष खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते भाइटिकाको दिन असामयिक निधन भएको थियो । त्यस यता रिक्त रहेको वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…

57 years ago

डोल्पामा बोलेरो दुर्घटना : एकको मृत्यु, १३ घाइते

२१ असार २०८३ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको…

57 years ago

हिंस्रक ध्रुवे फेरि बस्तीमा, आमाछोरासहित २५ जनाको ज्यान लियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१…

57 years ago

छोराको कुटाइबाट धादिङमा बुवाको मृत्यु, अभियुक्त पक्राउ

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–४ यार्सा टोलमा आफ्नै छोराको कुटाइबाट ६० वर्षीय धननारायण सुनारको मृत्यु…

57 years ago

एम्बाप्पेको पेनाल्टी गोलमा फ्रान्स क्वाटरफाइनलमा

२१ असार २०८३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा फ्रान्सले पाराग्वेलाई १–०…

57 years ago

मोरक्को क्यानडामाथि ३–० को जितसहित क्वाटरफाइनलमा

२१ असार २०८३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा मोरक्कोले क्यानडालाई ३–०…

57 years ago