स्वास्थ्य

धार्चे गाउँपालिकामा ५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण

६ मंसिर २०८१, बिहिवार


उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको अस्पतालको निर्माण सम्पन्न भएको छ । देशभरका सवै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार गाउँपालिकाको वडा नम्बर ३ खोर्लाबेशीमा ५ शय्याको धार्चे आधारभूत अस्पताल निर्माण गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ३ खोर्लाबेशीमा ५ शय्याको धार्चे आधारभूत अस्पताल

अस्पताल निर्माण भएसँगै धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका झण्डै २० हजार जना लाभान्वित हुने भएको छ ।

पाँच वर्ष अघि २०७६ असोज १२ गते देखि ५ शय्याको अस्पताल निर्माणका लागि तत्कालिन गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ र छाँया नेपालका कार्यकारी निर्देशक कमल थापा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए । १ वर्षमा सक्ने लक्ष्य लिइएपनि ५ वर्षमा अस्पतालको निर्माण कार्य सम्पन्न भएको हो । कोरोना महामारी, बाढी, पहिरोले गर्दा निर्माणमा प्रभावित भएको थियो ।

कुल २ अर्व २८ करोड ६९ लाख ७६३ रुपैयाँ ११ पैसामा अस्पताल निर्माण भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए । जसमा गाउँपालिकाको ४० प्रतिशत अर्थात ९१ लाख ४७ हजार ९०५ रुपैयाँ २४ पैसा र छाँया नेपालको १ करोड ३७ लाख २१ हजार ८५७ रुपैयाँ ८७ पैसा खर्च भएको उनले बताए । अस्पातलमा नयाँ ५ वटा तथा पुरानो १ गरी ६ वटा ब्लक रहेको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका जिल्लाकै चुमनुब्री गाउँपालिका पस्चात दास्रो विकट पालिका हो । नजिकै कुनै अस्पताल नभएका कारण यस क्षेत्रका नागरिक बिरामी भएमा सदरमुकाम गोरखा, गोर्खाको भच्चेक वा काठमाडौं, पोखरा, भरतपुर चितवन धाउनु पर्ने अवस्था छ । गाउँमै सुविधा सम्पन्न अस्पताल बनेपछि सामान्य उपचारको लागि पनि टाढा धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय निकै खुसी भएका छन् ।

अस्पताल निर्माण सम्पन्न भएसँगै २४ घण्टा आकस्मिक सेवा, सामान्य चिकित्सा सेवा, दन्त सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स रे, ओपिडी सेवा, प्रसुती सेवा, ल्याब सेवा, खोपसम्बन्धी सेवा फार्मेसी सेवा उपलब्ध हुने स्वास्थ्य गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अमृतबहादुर घलेले जानकारी दिए ।

उक्त अस्पतालमा जनशक्ति रुपमा हाल दुई जना मेडिकल अफिसर, तीन जना स्टाफ नर्स, तीन जना हेल्थ असिस्टेन्ट, एक जना रेडियोग्राफर, एक जना फार्मेसी एसिस्टेन्ट, एक जना ल्याव टेक्निसियन, एक जना डेन्टल हाइजिनिक र चार जना कार्यालय सहयोगी रहने भएको छ ।अस्पताललाई बुुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ र गण्डकी प्रदेश सभा सदस्य सुशिला सिंखडाले उद्घाटन गरेका छन् । सो अबसरमा बोल्दै उनीहरुले अब भने सामान्य स्वास्थ्य सेवा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने अबस्था नरहेको बताए ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago