गोरखाको धार्चेमा ट्रेकिङ्ग गाईडको मृत्यु

समाचार

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नं. ३ खोर्लाबेशीस्थित मनासलु पद यात्रा गर्दै रहेका एक अमेरिकी नागरिकको गाईड, ५४ वर्षीय सार्की शेर्पाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार इन्फो नेपाल ट्रेकिङ्ग एजेन्सी मार्फत मनासलु पद यात्रामा आएका शेर्पा हिँड्दा अचानक ढलेका थिए । ढल्दा उनको  टाउकोमा गम्भीर चोट लागेको थियो, जसका कारण उनलाई उपचारको लागि धार्चे आधारभूत अस्पताल खोर्लाबेशी ल्याइएको थियो। चिकित्सकको प्रयास भए तापनि, ९:५० बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय आरुघाट गोरखा र प्रहरी चौकी माछीखोला गोरखाबाट टोली खटिइ अनुसन्धान सुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *