गोरखा । गोरखा नगरपालिका–६ छहरे स्थित काडाँघाँरीमा धारिलो हतियार प्रयोग गरेर घाइते बनाएको अवस्थामा फेला परेका एक बृद्वको उपचारको क्रममा मृत्यु भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ६ छ्हरे बस्ने ८५ बर्षका तोप बहादुर पाठकको घाँटी, टाउको र खुट्टामा धारिलो हतियार प्रयोग गरि घाइते बनाएको अवस्थामा प्रहरीले फेला पारि उपचार गर्न जिल्ला अस्पताल गोरखामा पुर्याउदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले बताए।
ती वृद्ध घाइते अवस्थामा बिहिवार बिहान १० बजे घर देखि करिब १०० मिटर दूरीमा फेला परेको हो। साथै घटनास्थलबाट खुकुरी १ थान, ऊनीको टोपी १ थान फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…
गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…
गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…
गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…
चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…
गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…