गोरखामा घाइते अवस्थामा फेला परेका एक वृद्धको मृत्यु, हत्याको आशंका

समाचार

गोरखा । गोरखा नगरपालिका–६ छहरे स्थित काडाँघाँरीमा धारिलो हतियार प्रयोग गरेर घाइते बनाएको अवस्थामा फेला परेका एक बृद्वको उपचारको क्रममा मृत्यु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ६ छ्हरे बस्ने ८५ बर्षका तोप बहादुर पाठकको घाँटी, टाउको र खुट्टामा धारिलो हतियार प्रयोग गरि घाइते बनाएको अवस्थामा  प्रहरीले फेला पारि उपचार गर्न जिल्ला अस्पताल गोरखामा पुर्याउदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले बताए।

ती वृद्ध घाइते अवस्थामा बिहिवार बिहान १० बजे घर देखि करिब १०० मिटर दूरीमा फेला परेको हो। साथै घटनास्थलबाट खुकुरी १ थान, ऊनीको टोपी १ थान फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *