बैशाख २२, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदी किनारमा माछा मार्ने क्रममा लडेर बेहोस भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोही ठाउँमा बसोबास गर्दै आएका ६० वर्षीय लक्ष्मण कुमाल आइतबार दिउँसो करिब १२:५० बजे दरौदी नदी किनारमा माछा मार्ने क्रममा अचानक लडेका थिए। लडेपछि उनी बेहोस अवस्थामा फेला परेपछि स्थानीयको सहयोगमा तत्काल उद्दार गरी प्रदेश अस्पताल गोरखा पुर्याइएको थियो।
अस्पतालमा भर्ना गरिएपछि उपचार थालिए पनि दिउँसो २:२२ बजे कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक किरण घिमिरेले जानकारी दिएका छन् । प्रारम्भिक अनुमान अनुसार लडाइका कारण गम्भीर चोट लागेको हुनसक्ने देखिएको छ भने घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक घिमिरेले बाताए ।
