खेलकुद

गोरखामा सर्वाधिक राशीको फुटबल प्रतियोगिता भएको नवौं गोर्खाली रनिङ कप फागुन ७ गतेबाट हुने

गोरखा । गोरखामा नवौं गोर्खाली रनिङ कप सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक हरमटारी क्लब गोरखाले आउँदो फागुन ७ गतेबाट १४ गतेसम्म ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास गराउने हरमटारी क्लवको अभियान’ भन्ने मुल नाराका साथ गोर्खाली रनिङकप आयोजना गर्ने घोषणा गरेको हो।


गोर्खाली रनिङ कपको बिजेता टिमले ४ लाखरुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ भने उप बिजेताले दुई लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव किरण ढकालले बताए ।

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुन लागेको प्रतियोगितामा स्थानीय र राष्ट्रिय स्तरका क्लवहरु गरी १६ टिमको सहभागिता रहने आयोजको प्रक्षेपण छ।

प्रतियोगिता अवधिभर खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदयमान खेलाडीलाई रु १० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ।

नवौं गोर्खाली रनिङ कप सम्पन्न गर्नका लागि करिब २७ लाख ६० हजार खर्च हुने महासचिव श्रेष्ठले बताए। टिम दर्ता शुल्क भने १५ हजार तोकिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago