खेलकुद

गोरखाली रनिङ कप २०८१ः समिचौर युथ क्लब र आयोजक हरमटारी क्लब क्वाटरफाइनलमा

गोरखा । गोरखाको हरमटारी खेलमैदानमा जारी द अन्नपुर्ण स्कुल ९ औं गोरखाली रनिङ कप २०८१ को क्वाटरफाइनल चरणमा समिचौर युथ क्लब, गोनपा–१०, गोरखा र आयोजक हरमटारी क्लबले स्थान सुरक्षित गरेका छन्।

समिचौर युथ क्लबको रोमाञ्चक जित


आजको पहिलो खेलमा समिचौर युथ क्लबले जन सहारा युथ क्लब, देउरालीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो। निर्धारित ७० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा समिचौर विजयी भयो।

खेलको पहिलो हाफको १२ औं मिनेटमा जन सहाराका कृपा चौधरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको १३ औं मिनेटमा समिचौर युथ क्लबका लक्षु शाहीले गोल फर्काउँदै खेल बराबरी गरे।

आयोजक हरमटारी क्लबको शानदार जित


दोस्रो खेलमा आयोजक हरमटारी क्लबले गण्डकी प्रदेश प्रहरी फुटबल टोली, पोखरालाई टाइब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो। यो खेल पनि निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको थियो।

पहिलो हाफको २२ औं मिनेटमा आयोजक क्लबका कप्तान जमीर मास्केले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको १९ औं मिनेटमा गण्डकी प्रहरीका केशर बरामले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

क्वाटरफाइनल खेल तालिका


भोलिदेखि क्वाटरफाइनल खेलहरू सुरु हुँदैछन्।
पहिलो क्वाटरफाइनलः युनिक एफसी, चितवन चाइनिज धारा फेमिली, गोरखा (दिउँसो १ः०० बजे)
दोस्रो क्वाटरफाइनलः लक्ष्मीबजार हार्ट क्लब, गोरखा सूर्यपुर एफसी, चितवन (दिउँसो ३ः०० बजें

प्रतियोगिताले थप रोमाञ्चक मोड लिने अपेक्षा गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago