गोरखाली रनिङ कप २०८१ः समिचौर युथ क्लब र आयोजक हरमटारी क्लब क्वाटरफाइनलमा

खेलकुद

गोरखा । गोरखाको हरमटारी खेलमैदानमा जारी द अन्नपुर्ण स्कुल ९ औं गोरखाली रनिङ कप २०८१ को क्वाटरफाइनल चरणमा समिचौर युथ क्लब, गोनपा–१०, गोरखा र आयोजक हरमटारी क्लबले स्थान सुरक्षित गरेका छन्।

समिचौर युथ क्लबको रोमाञ्चक जित


आजको पहिलो खेलमा समिचौर युथ क्लबले जन सहारा युथ क्लब, देउरालीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो। निर्धारित ७० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा समिचौर विजयी भयो।

खेलको पहिलो हाफको १२ औं मिनेटमा जन सहाराका कृपा चौधरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको १३ औं मिनेटमा समिचौर युथ क्लबका लक्षु शाहीले गोल फर्काउँदै खेल बराबरी गरे।

आयोजक हरमटारी क्लबको शानदार जित


दोस्रो खेलमा आयोजक हरमटारी क्लबले गण्डकी प्रदेश प्रहरी फुटबल टोली, पोखरालाई टाइब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो। यो खेल पनि निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको थियो।

पहिलो हाफको २२ औं मिनेटमा आयोजक क्लबका कप्तान जमीर मास्केले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको १९ औं मिनेटमा गण्डकी प्रहरीका केशर बरामले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

क्वाटरफाइनल खेल तालिका


भोलिदेखि क्वाटरफाइनल खेलहरू सुरु हुँदैछन्।
पहिलो क्वाटरफाइनलः युनिक एफसी, चितवन चाइनिज धारा फेमिली, गोरखा (दिउँसो १ः०० बजे)
दोस्रो क्वाटरफाइनलः लक्ष्मीबजार हार्ट क्लब, गोरखा सूर्यपुर एफसी, चितवन (दिउँसो ३ः०० बजें

प्रतियोगिताले थप रोमाञ्चक मोड लिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *