खेलकुद

द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजककै पोल्टामा

गोरखा । द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई १–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको हो । हरमटारी क्लवका देव गुरुङले दोस्रो हाफको ३६ औं मिनेटमा फ्रिकिक मार्फत गरेको गोल नै निर्णायक बनेको हो ।

उपाधी बिजेता हरमटारीले रनिङ कपको साथमा ४ लाख रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाएको छ । उपाधी उपबिजेता बनेको चाइनिजधारा क्लबले भने २ लाख रुपैया नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाएको आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।

प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरुलाई पनि पुरस्कृत गरिएको छ । लक्ष्मी बजार हर्ट क्लवका रिचर्ड विल्सनलाई १५ हजार नगद पुरस्कार दिइएको बताइएको छ । प्रतियोगिता अवधीभर उनले ६ गोल गरेका थिए ।

हरमटारी क्लबका अनिश महतो उत्कृष्ट गोलरक्षक, सन्त बहादुर गुरुङ सबैभन्दा मूल्यवान खेलाडी र प्रसुन तामाङ्ग गोरखाका उदयमान खेलाडी घोषित भएका छन् । उनीहरुले जनही १५ हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा लक्ष्मी बजार हर्ट क्लवलाई फेयर प्ले अवार्ड प्रदान गरिएको छ । क्लवले नगद ३५ हजार पुरस्कार पाएको छ ।

प्रतियोगिताका बिजेताहरुलाई मंगलबार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो । यही फागुन ७ गतेबाट हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १४ टिमको सहभागीता रहेको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago