खेलकुद

‘प्रथम गोरखा जेसीज फुटसल प्रतियोगिता’को उपाधि शुक्लागण्डकी जेसीजले जित्यो

गोरखा । जिल्लामा आयोजित ‘प्रथम जेसीज फुटसल प्रतियोगिता’को उपाधि शुक्लागण्डकी जेसीजले जितेको छ। शनिबार भएको फाइनल खेलमा शुक्लागण्डकी जेसीजले जेसिज बाग्लुङलाई ६-० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

उपाधि विजेता शुक्लागण्डकी जेसीजले नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए। उपविजेता जेसिज बाग्लुङले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यो प्रतियोगिता गोरखा जेसीजको आयोजनामा शुक्रबारबाट सुरु भएको थियो र गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा सम्पन्न भएको थियो।

प्रतियोगितामा राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक दुलालको मातहतमा रहेको ‘एरिया बि’ का ८ शाखाका टिमहरूले भाग लिएका थिए। गोरखा, बाग्लुङ, लम्जुङ, भानु नगरपालिका बन्दिपुर, ब्यास नगरपालिका दमौली, पोखरा लेखनाथ र शुक्लागण्डी जेसीजका टिमहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगिता समापन कार्यक्रममा गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङको अध्यक्षता र गोरखा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष कुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। यस अवसरमा जेसिज नेपाल ‘एरिया बि’की निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन, जेसिज नेपाल ‘एरिया बि’का राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक दुलाल, नेपाल जेसीजका अध्यक्ष सल्लाहकार विजय गुरुङ लगायत अन्य प्रमुख पदाधिकारीहरूको सहभागिता थियो।

प्रतियोगिताको उद्देश्य युवाहरूको क्षमता वृद्धि गर्नु र जिल्लामा पर्यटन प्रवर्द्धन गर्नु रहेको गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले बताए। यस खेलको माध्यमबाट विभिन्न जिल्लाका जेसीजबीचको सम्बन्ध थप सुमधुर हुने अपेक्षासमेत गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago