Categories: समाचार

जीएमजी होली ग्राण्ड इभेन्ट ५ को बचत रकम धारापानी गाईजलाई सडक बत्ती स्थापनाका लागि हस्तान्तरण

गोरखा । जीएमजी होली ग्राण्ड इभेन्ट ५ को आयोजना सामाजिक सहकार्य र उत्तरदायित्वपूर्ण नेतृत्वको उत्कृष्ट उदाहरण बनेको छ। यस कार्यक्रमको आयोजनामा बैदेशिक रोजगारीमा रहेका संस्थाका पूर्व सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको मुख्य आर्थिक सहयोग धारापानी गाईजद्वारा उपलब्ध गराइएको थियो। ‎

होलीको अवसरमा भएकाे कार्यक्रम सम्पन्न पछि खर्च कट्टा गरी बाँकी रहेको १ लाख रुपैयाँ रकम गोरखा नगरपालिका वडा नं. ७ धारापानी टोलमा सडक बत्ती स्थापनाको लागी धारापानी गाईजलाई हस्तान्तरित गरिएको छ। यो निर्णय कार्यक्रमका सह-आयोजक दारी ग्याङ्ग गोर्खा र गोर्खा मल्टिट्यालेन्ट ग्रुप (GMG) द्वारा गरिएको हो। ‎

यसरी राज्यको सम्पत्ति दोहन नगरी सांगीतिक कार्यक्रम आयोजना गरी समाज सेवा गर्न सल्लाह दिने जीएमजी को यो स्वागतयोग्य कार्यले समाजमा राम्रो संदेश पुगाएको छ। यसले अन्य संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व बोध गरी यस्तै सकारात्मक कार्यमा संलग्न हुन प्रेरणा दिएको छ। ‎

धारापानी गाईजका प्रतिनिधिहरूले यो रकम सदुपयोग गरी टोलका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने बचन दिएका छन्। यसैसँगै, जिएमजि संस्थाका पूर्व सदस्यहरूले पनि समुदायका लागि आफ्ना सेवा जारी राख्ने प्रतिबद्धता जाहेर गरेका छन्। जीएमजी र दारी ग्याङ्ग गोर्खाको यो पहलले समाजमा भएका अन्य संस्थाहरूलाई पनि सामाजिक कार्यमा अग्रसर हुन प्रेरित गरेको छ। ‎

‎यसरी नै सामुदायिक सहकार्य र सहयोगबाट धारापानी टोलमा राम्रो परिवर्तन आउने अपेक्षा गरिएको छ। जीएमजी को यो प्रयासले समाजमा नयाँ मिसाल कायम गरेको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago