गोरखा । जीएमजी होली ग्राण्ड इभेन्ट ५ को आयोजना सामाजिक सहकार्य र उत्तरदायित्वपूर्ण नेतृत्वको उत्कृष्ट उदाहरण बनेको छ। यस कार्यक्रमको आयोजनामा बैदेशिक रोजगारीमा रहेका संस्थाका पूर्व सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको मुख्य आर्थिक सहयोग धारापानी गाईजद्वारा उपलब्ध गराइएको थियो।
होलीको अवसरमा भएकाे कार्यक्रम सम्पन्न पछि खर्च कट्टा गरी बाँकी रहेको १ लाख रुपैयाँ रकम गोरखा नगरपालिका वडा नं. ७ धारापानी टोलमा सडक बत्ती स्थापनाको लागी धारापानी गाईजलाई हस्तान्तरित गरिएको छ। यो निर्णय कार्यक्रमका सह-आयोजक दारी ग्याङ्ग गोर्खा र गोर्खा मल्टिट्यालेन्ट ग्रुप (GMG) द्वारा गरिएको हो।
यसरी राज्यको सम्पत्ति दोहन नगरी सांगीतिक कार्यक्रम आयोजना गरी समाज सेवा गर्न सल्लाह दिने जीएमजी को यो स्वागतयोग्य कार्यले समाजमा राम्रो संदेश पुगाएको छ। यसले अन्य संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व बोध गरी यस्तै सकारात्मक कार्यमा संलग्न हुन प्रेरणा दिएको छ।
धारापानी गाईजका प्रतिनिधिहरूले यो रकम सदुपयोग गरी टोलका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने बचन दिएका छन्। यसैसँगै, जिएमजि संस्थाका पूर्व सदस्यहरूले पनि समुदायका लागि आफ्ना सेवा जारी राख्ने प्रतिबद्धता जाहेर गरेका छन्। जीएमजी र दारी ग्याङ्ग गोर्खाको यो पहलले समाजमा भएका अन्य संस्थाहरूलाई पनि सामाजिक कार्यमा अग्रसर हुन प्रेरित गरेको छ।
यसरी नै सामुदायिक सहकार्य र सहयोगबाट धारापानी टोलमा राम्रो परिवर्तन आउने अपेक्षा गरिएको छ। जीएमजी को यो प्रयासले समाजमा नयाँ मिसाल कायम गरेको छ।