Categories: समाचार

गोरखामा मानव सेवा आश्रम भवन निर्माणको लागि करिब ३८ लाख रुपैयाँ संकलन

गोरखा, चैत्र ८, २०८१ गोरखा सदरमुकाममा निर्माण भइरहेको मानव सेवा आश्रमको नव निर्मित भवनका लागि करिब ३८ लाख रुपैयाँ संकलन भएको छ। ‘मिट एण्ड ग्रिट’ कार्यक्रममार्फत ३७ लाख ८० हजार ६१३ रुपैयाँ संकलन भएको जानकारी आश्रमको गोरखा शाखाले दिएको हो।

आश्रमकी सञ्चालिका अञ्जु मोक्तान (संभावना) का अनुसार, उक्त कार्यक्रमको क्रममा ६३ जना व्यक्तिहरूले नगद र प्रतिबद्धता सहित उक्त रकम दान गरेका थिए।

कार्यक्रममा भवन निर्माणका लागि १ कोठा निर्माण गर्नका लागि ५ लाख ११ हजार १११ रुपैयाँको दरमा दान गर्ने प्रमुख व्यक्तिहरूको नाम पनि सार्वजनिक गरिएको छ। तिनीहरूमा शित्तलकाजी मास्के, श्यामबाबु जोशी, बसन्तकुमार श्रेष्ठ र मिलनप्रेम श्रेष्ठ रहेका छन्। मास्के, जोशी र श्रेष्ठहरूले यी रकम प्रदान गरेका हुन्, जसमा मास्के मानव सेवा आश्रम गोरखाका अभिभावक परिवारका संयोजक, जोशी भवन निर्माण समितिका कोषाध्यक्ष र बसन्तकुमार श्रेष्ठ अभिभावक परिवारका सदस्यका रूपमा चिनिन्छन्।

त्यस्तै, सोही कार्यक्रममा गोरखा नगरपालिका–६ पाटेचौरकी मलिना मास्के, ठुलो आँगनकी बिण्णु मास्के, अस्पताल रोडका कृण्ण ढकाल र हाल अष्ट्रेलियामा रहेका सोनिला मास्केले जनही १ लाख ११ हजार १११ रुपैयाँ भवन निर्माणको लागि सहयोग प्रदान गरेका छन्। यसमा ढकाल अभिभावक परिवारका सदस्य पनि हुन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हाँस्क कलाकार मनोज गजुरेलको विशेष प्रस्तुती समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उप–प्रमुख, जिल्ला न्ययाधिस, जिल्ला समन्वय समिति गोरखाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्षहरू, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू, संघ–संस्थाका प्रमुख र सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमको सफलता आश्रमको भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने छ र यसले समुदायको समृद्धिका लागि नयाँ मार्ग खोल्ने विश्वास व्यक्त गरिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago