गोरखा दरबारको दानपेटिकामा १९ वर्षमा करिब २० लाख संकलन

समाचार

गोरखा । गोरखा दरबारमा राखिएको दानपेटिकाबाट १९ वर्षको अवधिमा करिब २० लाख रुपैयाँ संकलन भएको छ।

मूल पूजारी सारदा प्रसाद भट्टराईका अनुसार ०६४ सालदेखि राखिएको दानपेटिकाबाट हालसम्म १९ लाख ५५ हजार ६१ रुपैयाँ संकलन भएको हो। पछिल्लो पटक ०८२ साल बैशाख १५ गतेदेखि असोज ९ गतेसम्म संकलन भएको रकम गणना गर्दा २ लाख ८ हजार १४० रुपैयाँ भेटिएको छ।

“यसअघि जम्मा १७ लाख ४६ हजार ९२१ रुपैयाँ संकलन भएको थियो, आजको २ लाख ८ हजार १४० सहित कुल १९ लाख ५५ हजार ६१ रुपैयाँ बैंकमा दाखिला गरिएको छ,” पूजारी भट्टराईले बताए।

उनका अनुसार संकलित रकम मुल पूजारी भट्टराई र दरबारका कर्मचारी लालबहादुर खनखवासको संयुक्त खातामा जम्मा हुँदै आएको छ। तर संकलित रकम खर्च गर्ने विधि अझै नबनिएकाले दरबारलाई उक्त रकम उपयोग गर्न अन्यौल रहेको छ।

भेटी गणनामा गोरखा दरबार हेरचाह अड्डा, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना र दरबारका कर्मचारीहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *