गोरखामा मानव सेवा आश्रम भवन निर्माणको लागि करिब ३८ लाख रुपैयाँ संकलन

समाचार

गोरखा, चैत्र ८, २०८१ गोरखा सदरमुकाममा निर्माण भइरहेको मानव सेवा आश्रमको नव निर्मित भवनका लागि करिब ३८ लाख रुपैयाँ संकलन भएको छ। ‘मिट एण्ड ग्रिट’ कार्यक्रममार्फत ३७ लाख ८० हजार ६१३ रुपैयाँ संकलन भएको जानकारी आश्रमको गोरखा शाखाले दिएको हो।

आश्रमकी सञ्चालिका अञ्जु मोक्तान (संभावना) का अनुसार, उक्त कार्यक्रमको क्रममा ६३ जना व्यक्तिहरूले नगद र प्रतिबद्धता सहित उक्त रकम दान गरेका थिए।

कार्यक्रममा भवन निर्माणका लागि १ कोठा निर्माण गर्नका लागि ५ लाख ११ हजार १११ रुपैयाँको दरमा दान गर्ने प्रमुख व्यक्तिहरूको नाम पनि सार्वजनिक गरिएको छ। तिनीहरूमा शित्तलकाजी मास्के, श्यामबाबु जोशी, बसन्तकुमार श्रेष्ठ र मिलनप्रेम श्रेष्ठ रहेका छन्। मास्के, जोशी र श्रेष्ठहरूले यी रकम प्रदान गरेका हुन्, जसमा मास्के मानव सेवा आश्रम गोरखाका अभिभावक परिवारका संयोजक, जोशी भवन निर्माण समितिका कोषाध्यक्ष र बसन्तकुमार श्रेष्ठ अभिभावक परिवारका सदस्यका रूपमा चिनिन्छन्।

त्यस्तै, सोही कार्यक्रममा गोरखा नगरपालिका–६ पाटेचौरकी मलिना मास्के, ठुलो आँगनकी बिण्णु मास्के, अस्पताल रोडका कृण्ण ढकाल र हाल अष्ट्रेलियामा रहेका सोनिला मास्केले जनही १ लाख ११ हजार १११ रुपैयाँ भवन निर्माणको लागि सहयोग प्रदान गरेका छन्। यसमा ढकाल अभिभावक परिवारका सदस्य पनि हुन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हाँस्क कलाकार मनोज गजुरेलको विशेष प्रस्तुती समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उप–प्रमुख, जिल्ला न्ययाधिस, जिल्ला समन्वय समिति गोरखाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्षहरू, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू, संघ–संस्थाका प्रमुख र सर्वसाधारणहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमको सफलता आश्रमको भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने छ र यसले समुदायको समृद्धिका लागि नयाँ मार्ग खोल्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *