Categories: समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहको गोरखा भ्रमण, राजसंस्थाका पक्षधरद्वारा भव्य स्वागत

गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले करिब २० वर्षपछि गोरखाको भ्रमण गरेका छन्। शनिबार गोरखा आइपुगेका शाहले गोरखकाली र गोरखनाथको पूजाआजा गर्नुका साथै स्थानीयबासीसँग भेटघाट तथा स्वागत ग्रहण गरेका छन्।

राजसंस्थाको पुनःस्थापनाको माग उठिरहेका बेला राजसंस्था र राजतन्त्रप्रति आस्था राख्ने विभिन्न समूह तथा संस्थाहरूको आमन्त्रणमा शाह गोरखा पुगेका हुन्। बिहान ९ बजे तनहुँको आँबुखैरेनीमा उनलाई स्वागत गरिएपछि मोटरसाइकल ¥यालीसहित गोरखा पुर्‍याइएको थियो। शाह बिहान १० बजे गोरखा दरबार पुगेका थिए, जहाँ उनले गोरखकाली, गोरखनाथको पूजा आराधना तथा ऐतिहासिक दरबार अवलोकनमा दुई घण्टा बिताएका थिए।

शनिबार चैत्र कृष्णअष्टमीको अवसर पारेर शाहले गोरखकाली तथा गोरखनाथको पूजाआजा गरेका हुन्। पूजा सम्पन्न गरेपछि उनले स्थानीयबासीसँग भेटघाट गर्दै सबैको भलो चिताउने सन्देश दिएका थिए। ‘गोरखा मेरो पुख्र्यौली थलो हो। यहाँ आउँदा निकै खुशी लागेको छ,’ शाहले भने, ‘सबैको भलो होस्, कोही कसैको कुभलो नचिताओस् भन्ने मेरो शुभेच्छा छ।’

शाहको स्वागतका लागि १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो। उनीहरू बाजागाजासहित ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राष्ट्र घोषणा गर’ जस्ता नारा लगाउँदै गोरखा पुगेका थिए। सवारीमा शिव सेना, राष्ट्रिय सरोकार मञ्च नेपाल लगायतका विभिन्न स्वयंसेवक समूहहरूको पनि सहभागिता थियो।

गोरखा संग्रहालय परिसरमा नागरिक स्वागत समाजका संयोजक भगवानदास मल्लले शाहलाई ज्ञापनपत्र बुझाएका थिए। सो पत्रमा हरेक वर्ष पुख्र्यौली थलो गोरखा आउने व्यवस्था मिलाउन तथा गोरखकाली, गोरखनाथ पूजाका लागि आवश्यक जनशक्ति तथा खर्चको व्यवस्था मिलाइदिन अनुरोध गरिएको थियो।

पूजा र स्वागत समारोहपछि शाह दिउँसो १ बजे गोरखाबाट फर्केर चितवन, कुरिनटारस्थित रिसोर्टमा पुगे। आइतबार बिहान उनले अर्को प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago