Categories: समाचार

प्रहरी नायव निरीक्षक मिलन पन्थ फागुन महिनाको ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रूपमा प्रहरी नायव निरीक्षक मिलन पन्थलाई ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित गरेको छ। कार्य सम्पादनका आधारमा निरन्तर उत्कृष्ट प्रहरीको चयन गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले, यसपटक प्रहरी नायव निरीक्षक पन्थलाई सम्मान प्रदान गरेको हो।

प्रहरी संगठनको नीति निर्देशन अनुसार तोकिएको जिम्मेवारी र पदिय दायित्वलाई इमानदारी, बफादारी र कर्तव्यनिष्ठाका साथ उत्कृष्ट ढंगले कार्य सम्पादन गरेको कारण उनलाई यस सम्मानबाट पुरस्कृत गरिएको प्रहरी कार्यालय गोरखाले जनाएको छ।

साथै, कार्यालयको वडा एरिया अन्तर्गत घटेका विभिन्न प्रकारका अपराधहरूमा तदारुकताका साथ खटिई, घटनाहरूको सूक्ष्म अनुसन्धान गर्दै अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि कार्यालयले विशेष उल्लेख गरेको छ।

प्रहरी नायव निरीक्षक मिलन पन्थलाई सोमबार एक विशेष कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका छन्। कार्यक्रममा प्रहरी उपरीक्षक पाठकले मिलन पन्थको कर्तव्यनिष्ठता र समर्पणको कदर गर्दै उनलाई यो सम्मान दिइएको बताए।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago