Categories: समाचार

लागूऔषध सहित गोरखामा २ जना पक्राउ

गोरखा । गोरखा नगरपालिका वडा नं. ६, घ्याम्पेसाल बसपार्कबाट २ जना व्यक्तिहरूलाई लागूऔषध सहित पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार चैत्र १५ गते शुक्रबार दिउँसो १:३० बजेको समयमा गोरखा नगरपालिका वडा नं. ६, घ्याम्पेसाल बसपार्कमा २७ वर्षीय विशाल बसेललाई शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा लागूऔषध Diazepam २ एम्पुल, Phenergan २ एम्पुल, NOOPHIN १ एम्पुल र IPPL १ एम्पुल फेला परेका थिए। सोधपुछमा विशाल बसेलले उक्त लागूऔषध गोरखा जिल्ला, भिमसेनथापा गाउँपालिका वडा नं. १, घर भई हाल गोरखा नगरपालिका वडा नं. ६, बस्ने नरेश बरामबाट खरिद गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रबक्ता सुवेदीले बताए ।

पक्राउ परेका बसेलको बयानका आधारमा, प्रहरीले नरेश बरामको डेराकोठामा खानतलासी गर्दा २१ एम्पुल IPPL, ४६ एम्पुल NOOPHIN, ६७ एम्पुल Diazepam, ६७ एम्पुल Phenergan गरी जम्मा २०१ एम्पुल लागूऔषध फेला पारेको जिल्ला प्रहरी प्रबक्ता सुवेदीले बताए ।

नरेश बराम फरार रहेको थाहा पाएपछि, चैत्र १७ गते आइतबार ९:४५ बजेको समयमा गोरखा नगरपालिका वडा नं. ६, हरमटारी स्थित फेला पारेर नियन्त्रणमा लिइएको छ।

दुवै जना विरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ र गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी थप अनुसन्धानका लागि म्याद थप अनुमती प्राप्त गरिएको छ। अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago