जबरजस्ती करणी गरेको आरोपमा गोरखा पालुङटारका एक जना पक्राउ

अपराध समाचार

गोरखा । जबरजस्ती करणी गरेको अभियोगमा गोरखा पालुङटारका एक जना पक्राउ परेको छ ।

२०८० साल जेष्ठ २० गते राती करीब १०ः३० बजेको समयमा पालुङटार नगरपालिका वडा नं.–१, गोरखा लुङ्गा स्थितमा १३ बर्षकी नाबालिका हाल नाम परिवर्तित “(०७९।०८०)ब कुमारी”लाई सिरानचोक गाउँपालिका वडा नं.४, गोरखा बस्ने १९ बर्षको सौरभ कुमालले जबरजस्ती करणी गरेको घटनामा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन ।

प्रहरी नायब उपरिक्षक लामिछानेका अनुसार जबरजस्ती करणी गर्ने कुमाललाई २०८० साल जेष्ठ २१ गते पीडितको आफन्त मार्फत जाहेरी दरखास्त लिए पस्चात जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गराई जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न थप म्याद लिइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *