गोरखा, चैत १७ । गोरखामा शारीरिक रूपमा असक्त १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङका ४२ वर्षीय सुचन्द्र गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीका अनुसार गुरुङले चैत १४ गते दिउँसो २ बजेको समयमा ती महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो। पीडित महिलाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि गुरुङलाई चैत १५ गते पक्राउ गरिएको थियो।
चैत १६ गते शनिबार परेका कारण चैत १७ गते आइतबार गुरुङविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए।
हाल प्रहरीले पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान गरिरहेको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…