Categories: समाचार

पौडी खेल्ने क्रममा डुबी गोरखामा एक बालकको मृत्यु

गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८, बसेरीका १२ वर्षीय निकेश नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

केदार नेपालीका छोरा निकेश नेपाली चैत २३ गते साँझ करिब ६ बजे बुढी गण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटनापछि सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा खोजी कार्य सुरु गरिएको थियो।

लगातारको खोजीपछि चैत ३० गते साँझ करिब ५ बजे गण्डकी गाउँपालिका–७, तीन भंगालस्थित त्रिशुली नदीको किनारमा निकेशको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माका अनुसार घटनास्थलमा प्रहरी चौकी घ्याल्चोक र जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, धादिङ पठाइएको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago

घाटु नाचले गोरखा गुञ्जायमान, संरक्षणमा चुनौती

गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त…

56 years ago