गोरखाको जुग्दी खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु

समाचार

गोरखा । गोरखा जिल्लाको शहिद लखन गाउँपालिका-४, बेलबोटेस्थित जुग्दी खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।

मृतक सुनसरी जिल्ला स्थायी घर भई हाल शहिद लखन गाउँपालिका-७ मा बस्दै आएका ३५ वर्षीय सुमन मगर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

जेठ ४ गते आइतबार (आज)दिउँसो करिब ४ बजे खोलामा नुहाउने क्रममा उनी अचानक पानीमा डुबेका थिए। स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा खोजी गर्दा केही समयपछि उनको शव फेला पारिएको हो।

घटनाबारे हाल जिल्ला प्रहरी कार्यालय गोरखाबाट थप अनुसन्धान कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन्।

प्रहरी प्रशासनले नदी तथा खोलामा नुहाउँदा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गर्दै यस्ता दुर्घटना न्यूनिकरणका लागि जनचेतना आवश्यक रहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *