Categories: समाचार

गोरखा मोबाइल व्यवसायीको नेतृत्वमा सन्दिप ढकाल: दोस्रो अधिवेशनबाट सर्वसम्मत चयन

गोरखा । गोरखा जिल्लाका मोबाइल व्यवसायीहरूलाई समेटेर गठित मोबाइल व्यवसायी संघ, गोरखा को दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले सन्दिप ढकाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै संस्था सञ्चालनको जिम्मेवारी सुम्पिएको हो।

गोरखा सदरमुकाममा  शुक्रबार साँझ सम्पन्न अधिवेशनमा जिल्लाका विभिन्न स्थानबाट सहभागी व्यवसायीहरूको उपस्थितिमा नयाँ नेतृत्व टिम चयन गरिएको हो।

संघका अध्यक्ष सुमन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेश सभाका प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले कानुनसम्मत ढंगले पेशा चलाउने प्रयास गर्नुभएको बताउँदै मोबाइल बिग्रेपछि बनाइदिने तपाइको धर्म हो, त्यही धर्म गर्दा सजाय भोग्नु समेत परेको अवस्था समेत आएको  छ । यसका विरुद्ध संगठन जरुरी रहेको बताए  । उनले काम गर्दा व्यवसाय दर्ता छ कि छैन, कानुन मानेको छ कि छैन हेर्न आग्रह गरे । कार्यक्रममा सरकारका नीति नियमको पालना गर्दै देशमै लगानी गर्नुपर्छ भन्ने सोचको सराहना समेत व्यक्त गरे ।

ढकालको नेतृत्वमा बनेको कार्यसमितिमा उपाध्यक्षमा शशी किरण श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ चयन भएका छन्। सचिव जयराम शाही, सह–सचिव प्रविण उपरकोटी र कोषाध्यक्ष सन्देश श्रेष्ठ रहेका छन्।

त्यस्तै, सदस्यहरुमा मोहनकुमार श्रेष्ठ, राजकुमार रोका, मिलन उपरकोटी, सोम श्रेष्ठ (भच्चेक), धमेन्द्र श्रेष्ठ (आरुघाट), मन्दिप श्रेष्ठ (पालुङटार), राजिब बोहरा र भिमसेन भट्ट रहेका छन्।


संस्थाको सल्लाहकार तहमा समेत नयाँ अनुहारहरूको सहभागिता सुनिश्चित गरिएको छ। अधिवेशनले रुवेन्द्र कुवरलाई अध्यक्ष सल्लाहकार, अश्विन ढुङ्गानालाई बोर्ड सल्लाहकार र पुष्कल अर्याल तथा बिकास घिमिरेलाई सल्लाहकारद्वयको रूपमा चयन गरेको छ।

निवर्तमान अध्यक्ष सुमन कार्कीका अनुसार, गत कार्यकालमा संस्थाले व्यवसायीहरूबीच आपसी समन्वय र बजार अनुशासनमा उल्लेखनीय पहलहरू गरेको थियो। “नयाँ टिमले अझै व्यवस्थित सेवा र व्यवसायमैत्री वातावरण निर्माणमा काम गर्ने विश्वास लिएका छौँ,” उनले बताए।

कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना, जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख चित्राङ्गत बराल, भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखाका राजन राज पन्त, गोरखा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भगवान बाबु मास्के लगायतले शुभकामना व्यक्त गरेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago