गोरखाको रास्वपा जिल्ला सभापतिमा  रोकाहा चयन 

समाचार
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोरखा जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षेत्री चयन भएका छन् ।
शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला भेलाले रोकाहालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । रोकाहा यसअघि जिल्लाका संयोजक थिए ।
रास्वपा  उपसभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा गोरखा सदरमुकाममा भएको भेलाले उपसभापतिमा ध्रुव अधिकारी, सचिवमा मिलन राना र सहसचिवमा राजेश्वर अंगाई सर्वसम्मत चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा विष्णु ढकाल, अञ्जना काप्री, शंखरबाबु देवकोटा, नारायणप्रसाद देवकोटा र शशिकला धिताल रहेका गोरखा नगरपालिका सभापति शिशिरबाबु प्रधानले जानकारी दिए ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर १ को संयोजक एवम् जिल्ला सदस्यमा वेदप्रसाद ढकाल चयन भएको उनले बताए। क्षेत्र नम्बर २ को भने तोक्न बाँकी रहेको बताइएको छ ।
पहिलो भेला सभ्य र भब्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई रोकाहाले धन्यवाद दिए । उनले छिटै कार्ययोजना बनाएर पार्टी बिस्तारको काममा सक्रियतापूर्वक लाग्ने समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *