Categories: समाचार

गोरखामा माछा मार्ने क्रममा लडेका वृद्धको उपचारको क्रममा मृत्यु

बैशाख २२, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदी किनारमा माछा मार्ने क्रममा लडेर बेहोस भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोही ठाउँमा बसोबास गर्दै आएका ६० वर्षीय लक्ष्मण कुमाल आइतबार दिउँसो करिब १२:५० बजे दरौदी नदी किनारमा माछा मार्ने क्रममा अचानक लडेका थिए। लडेपछि उनी बेहोस अवस्थामा फेला परेपछि स्थानीयको सहयोगमा तत्काल उद्दार गरी प्रदेश अस्पताल गोरखा पुर्‍याइएको थियो।

अस्पतालमा भर्ना गरिएपछि उपचार थालिए पनि दिउँसो २:२२ बजे कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक किरण घिमिरेले जानकारी दिएका छन् । प्रारम्भिक अनुमान अनुसार लडाइका कारण गम्भीर चोट लागेको हुनसक्ने देखिएको छ भने घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक घिमिरेले बाताए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago