गण्डकी प्रदेश समाचार

गण्डकी प्रदेशको ८१/८२ मा ६९.५४ प्रतिशत बजेट खर्च, अघिल्लो वर्षको तुलनामा खर्चमा वृद्धि

पोखरा | गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजित बजेटमध्ये ६९.५४ प्रतिशत रकम खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार, ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएकामा असार २५ गतेसम्म २२ अर्ब ९३ करोड ४० लाख ८१ हजार रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको हो।

चालु र पुँजीगत खर्चमा भिन्नता

प्रदेश सरकारले चालुतर्फ १३ अर्ब १३ करोड ५४ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ५४ करोड ३० लाख ९३ हजार रुपैयाँ विनियोजन गरेको थियो। तर, असार २५ सम्म चालुतर्फ ३४.६० प्रतिशत अर्थात् ७ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ६५.४० प्रतिशत अर्थात् १४ अर्ब ९९ करोड रुपैयाँ खर्च गरिएको छ।

मन्त्रालयगत खर्च विवरण

सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय रहेको छ, जसले ८९.९२ प्रतिशत बजेट खर्च गरेको छ। अन्य मन्त्रालयको खर्च यस प्रकार छ:

  • उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय: ८१.७९%

  • भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय: ७६.५४%

  • सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय: ७१.२१%

  • कृषि तथा भूमि व्यवस्था मन्त्रालय: ६८.४९%

  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय: ५३.४०%

  • आर्थिक मामिला मन्त्रालय: ४९.२९%

यद्यपि हाल यी मन्त्रालयहरू छुट्टाछुट्टै रहेका छन्, बजेट विनियोजनको बेला एकमुष्ठ राखिएकोले खर्च विवरण पनि समग्र रूपमा अभिलेख गरिएको हो।

अन्य निकायको खर्च स्थिति

  • प्रदेश सभा सचिवालय: ७९.५२%

  • प्रदेश लोक सेवा आयोग: ८३.९९%

  • मुख्य न्यायाधिवक्ताको कार्यालय: ७७.६२%

  • प्रदेश नीति तथा योजना आयोग: ३६.५१%

  • स्थानीय तहलाई विनियोजित रकम खर्च: ८७.८३%

राजस्व संकलन लक्ष्यमा कमी

सरकारले चालु वर्षमा ५ अर्ब १७ करोड रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखेकोमा असार मसान्तसम्म ३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ६५.६२ प्रतिशत मात्र हो।

अघिल्लो वर्षको तुलनामा खर्चमा वृद्धि

गएको आर्थिक वर्ष ०८०/८१ मा ३३ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६६.४३ प्रतिशत खर्च भएको थियो। त्यसको तुलनामा यस वर्षको खर्च ३.११ प्रतिशतले बढी भएको हो।

सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याइसकेको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago