गोरखा, साउन ३१ ।
गोरखा जिल्ला चुमनुब्री गाउँपालिका–२ ल्होमा गएराति भीषण आगलागी हुँदा सातवटा घरमा क्षति पुगेको छ।
इलाका प्रहरी कार्यालय लार्केका अनुसार साउन ३० गते राति करिब ११ः३० बजे स्थानीयवासी खेतमा घाँस काट्न गएका बेला गाउँमा अचानक आगलागी भएको हो। आगो नियन्त्रणका लागि प्रहरी टोली प्रमुख प्र.ब.ह. तारा कुमार श्रेष्ठको नेतृत्वमा खटिएको थियो। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीमा मानवीय क्षति नभए पनि सात घर पूर्ण तथा आंशिक रूपमा जलेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार पासाङ लामाको घरबाट आगो सुरु भएको र विद्युत् सर्ट कारण हुन सक्ने अनुमान गरिएको छ।
क्षति हुने घरहरूमा पासाङ लामाका दुईवटा दुई तले कच्ची घर, छेवा रेक्जीन लामा, टासी लामा, वर्केन लामा, घ्याचु लामा र छिने लामाका घर रहेका छन्। तीमध्ये पाँच घर पूर्ण रूपमा नष्ट भएका छन् भने दुई घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
यस आगलागी सम्बन्धी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन्।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…